मैले लोक संस्कृति पत्रिकालाई दिएको अन्तरवार्ता
१) तपाँईले नेपाली भाषा कसरी सिक्नु भयो?
सान २००० (२०५७) मा, अमेरिकन विद्यार्थीहरू नेपालमा पढ्ने कार्यक्रममा आएँ। त्यस कार्यक्रममा हामीलाई दिनको ४ घन्ता नेपाली सिकायो, साथमा नेपालको अन्य विषयहरू। अनि अन्तिममा एक महिनाको अनुसन्धान गर्नु पर्यो, र मैले शास्त्रिया संगीतको बारेमा अनुसन्धान गरेँ। यो ४ महिनाको बसाईमा मैले धेरै नेपाली भाषा सिकेँ। त्यस पछि अमेरिकामा ८ महिनाको लागि फेरि नेपाली भाषा पढेँ, अनि पछि नेपाल आएर ट्युसन लिएँ, र त्यति बेला देखि साथीहरूसंग बोल्दा बोल्दै, किताब पढ्दा पढ्दै, अहिले पनि सिकिरहेको छु।
२) नेपाली गीत तथा संगीत प्रति तपाँई किन आकर्षित हुनु भयो?
म सानै देखि संगीत प्रति आकर्षित थिएँ, र जहाँ गए पनि संगीतको बारेमा सिक्न मन लाग्थ्यो। म बच्चै देखि गीत गाउँथेँ, पियानो बजाउँथेँ, अनि अलि ठुलो भएपछि बाँसुरी पनि बजाउन थालेँ। बाँसुरीमा B.A. पनि गरेँ। नेपाल आएर सुरूमा बाँसुरी प्रति नै आकर्षित भएँ। तर म बाँसुरीमा आफैलाई चित्त बुझ्ने तारिकाले पुर्वेली शास्त्रिय संगीत कहिले पनि बजाउन सकिन। म अमेरकिामा पनि लोक गीत गाउछु, र नेपाली लोक गीत को बारेमा अझै सिक्न मन लागेर B.A. सिद्धिएपछि काठमाण्डौ विश्वविद्यलयमा पाश्चात्य शास्त्रिय संगीतको इतिहास र सुत्र सिकाउने काम पाएर आएँ। साथिहरूसंग लोक संगीतको बारेमा सिक्न थाले। नेपाल लोक संस्कृतिको साच्चै धनि देश हो, र जति सिकेँ त्यति धेरै सिक्न बाँकि नै छ जस्तो लाग्छ।
३) नेपाली दोहोरी गीतमा विद्यावारिधी गर्ने विचार कसरी आयो?
M.A. सकाएर मैले नेपालको एउटा कला संस्कृति सम्बन्धि संस्थामा काम पाएँ। पन्चै बाजाको बारेमा अनुसन्धान गर्ने काम थियो मेरो। जिल्लाहरूमा जादा खेरि लोक तथा दोहोरी गीतहरू सुनियो। गाउँ गाउँमा पनि यस्ता गीत सुनियो। र, काठमाण्डुमा दोहोरी साँझ जताततै देखेपछि, यो किन यति लोकप्रिय भयो भन्ने कुरा पत्ता लगाउन मन लागयो। बसाई सारेर आएका मान्छेहरूले सहरको वातबरणमा आफ्ना लोक संस्कृतिलाई कसरि स्थापना गर्न अथवा ठाउ अनुसार परिमार्जन गर्दैछन भन्ने पनि बुझ्न मन लाग्यो। दोहोरी साँझ गएर मैले ततकालै बनाउने कवितात्मक सब्दा सुनेर झन आकर्षित भएँ। मलाई संगीत र भाषाको सम्बन्धको बारेमा केहि अनुसन्धान गर्न मन थियो, र दोहोरीमा यो प्रष्ट सुनियो। दोहोरीबाट विवाह गर्ने चलनले पनि मेरो जिग्यासा बढायो। लोक दोहोरीको विषयमा लेखेको किताबको नाम अंग्रेजीमा ‘Singing Across Divides: Music and Intimate Politics in Nepal’ हो।
४) नेपाली लोकसंगीतको कुन पक्ष तपाईलाई बढी मन पर्छ? यसमा सवैभन्दा सुन्दर पक्ष के लाग्छ?
मलाई लोक गीतको कवितात्मक र बिम्बात्मक भाषा मन पर्छ, र भाकामा पश्चिमेलि स्वर घुमाउने शैली मन पर्छ। सुदुर पश्चिमेलि ठाडी भाका झन मिठो लाग्छ। मैले सबै नेपाली लोक संगीत सुनेको छैन—अहिलेसम्म सुनेको सबैको आ-आफ्नो सुन्दर पक्षहरू छन।
५) नेपाली दोहोरी गीतको आध्ययन अनुसन्धान तर्न क्रममा नेपालको कुन कुन ठाउँ भ्रमाण गर्नु भयो?
यस अनुसन्धानमा माध्यम र पश्चिमआञ्चलका पहाडि भेगमा ध्यान दिएको हुनाले प्रय: काठमण्डु र पोखरा वरिपरिका जिल्लाहरू घुमे। बिषेस गोर्खा, लम्जुङ, कास्की, तनहुँ, स्याङ्जा, पाल्पा, रुपन्देहि, चित्वान, धादिङ, काव्रे, र अरु जिल्लाहरू गए पनि अलिकति मात्रै घुमे। तुलनात्मक रूपमा हेर्नको लागी म पु्र्वमा धनकुता, तेह्राथुम, सन्कुवासभा, र धरान सहर पनि घुमे, सुदुर पश्चिममा कैलाली, र काठमण्डु निरको हिमाली भेगमा रसुवा।
६) अध्ययन अनुसन्धानका क्रममा नेपाली समुदायबाट के कस्तो सहयोग पाउनु भयो?
जहाँ गए पनि सबैजनाका सहयोग र माया पाउँथेँ। मलाई लाग्छ यो नेपाली समुदायको एउटा बिषेस कुरा हो। मलाई गीत सिकाए, घुमाए, आफ्ना परमपराका बारेमा बताए, अनि गाउना सिके पछि सम्मान दिए। यति न्यानो माया पाएकोमा म आफुलाई अत्यन्तै भाग्यमनि ठान्छु।
७) अमेरिकन लोकसंगीत र नेपाली लोकसंगीत बीच के कस्तो समानता वा भिन्नता पाउनु भयो?
अमेरिकामा पनि एक प्रकारको लोकसंगीत मात्रै छैन—धेरै छन! त्यो एउटा समानता भयो। तर सांगीतिक रूपले हेर्दा खेरि दुई वटा भिन्नता देखिन्छ। पहिलो, अमेरिकाका आदिवासिका लोक संगीतमा गीतको सब्दामा भन्दा तालमा बढि ध्यान दिएको हुन्छ। हरेक ट्राइबको आफ्नो बिषेस गीत-संगीत, ताल, र त्यसमा नाचिने नाच पनि हुन्छ। ठाउँ अनुसार बेग्लै हुन्छ। दोस्रो कुरा अमेरिकी आदिबासिहरु बाहेक युरोपेली-अमेरिकनहरू (म जस्ता) का पनि बेग्लाबेग्लै प्रकारको लोक संगीत हुन्छ। नेपाली लोकसंगीतसंग दाज्दा यसको मुख्य भिन्नता के छ भने, यसमा ‘टोनल हार्मोनी’ को आधरमा संगीत बनाएको हुन्छ। यो एउटा युरोप बाट बिकास भएरे आएको प्रणालि हो। तर, यिनि गीत मध्ये कतिपय गीतहरू पुरानो युरोपेली ‘मोडाल’ आधारमा पनि बनाएको हुन्छन (कर्ड्स प्रयोग गर्न आवश्यक छैन) र यस्ता गीत नेपाली लोक संगीतसंग धेरै कुरामा मेल खान्छान। आफ्रिकान-अमेरिकन समुदायले पनि अमेरिकन संगीतमा ठुलो प्रभाव पारेको छ, लोक देखि अरु सबै विधाहरू लिएर पनि। युरोप बाट आएको र आफ्रिका बाट आएको संगीतको अन्तरक्रिया धेरै अमेरिकी लोकसंगीतमा भेटिन्छ।
८) नेपाली लोकगीत तथा संगीतको संरक्षण र यस्को उपयोग कसरी गर्नु पर्छ जस्तो लाग्छ?
नेपाली लोक गीत र संगीतले सम्मान पाउनु पर्छ। गायन क्षेत्रमा यो बढि भइरहेको देखेर खुसि लाग्यो तर अझै गर्न बाँकि नै छ। युवाहरू आकर्षित बनाउनाको लागि गीत र गायन मात्रै होईन, लोक वाद्यवादनलाई उठाउनु पर्छ। अस्ति भर्खर गाउँमा एउटा वर्ताबन्ध मनाउन गएँ जसमा पन्चै बाजा पनि थियो, लोक दोहोरी गाउने व्यक्तिहरू पनि थियो, तै पनि युवाहरू आफ्नो ठूलो स्पिकर लिएर अलि पर गएर त्यसबाट नै बजाएर नाचेको थिए। त्यसमा बजाउने गीत त राम्रा राम्रा लोक भाकाहरू थियो, र त्यो एउटा खुसिको कुरा हो। तर यस पुस्ताले आफै मादल खैजडि बजाएर ननाचेको देखेर, र हामी १० बर्ष जेठाहरूसंग गाउन नाच्न नमानेर अलि दुख लाग्यो। काठमाण्डु उपत्यका भित्र कुतुम्ब बान्डले लोक बाजाको लागि जे गरेको छ, तेहि कुरा अरुले पनि गाउँ गाउँमा गर्नु पर्छ। सबैलाई सिक्ने, गाउने, बजाउने मौका दिनु पर्छ, र पहिले देखि बजाउन्दै आएका समुदायहरूका संगीतिक ज्ञान ध्यान दिटर बुझ्नु पर्छ।
९) नेपाल बहुभाषिक बहुसांस्कृतिक देश हो; यहाको कुन कुन जातिका लोकगीत अध्ययन गर्नु भयो?
मैले पन्चै बाजाको सानो अनुसन्धान गरेको थिए, र दोहोरीको अनुसन्धानको क्रममा गुरूङ जातिको रोधिमा गीत गाउने चलनको बारेमा पनि अनुसन्धान गरेँ। तर, मुख्य कुरा के छ भने, जात-जातिको कुरा संगै क्षेत्रको कुरा पनि आउँछ। मैले आध्ययन गरेको नेपाली भाषामा गाउने लोक दोहोरी गीत खासै एउटा जात-जातिको हो भन्न मिल्दैन। बरू, यस क्षेत्रको गीतमा ध्यान दिएको छु भन्न मिल्छ, र यसका स्थानिया बिषेसताहरू भाका, ताल, छन्द, र भाषाको लवाज बाट थहा हुन्छ।
१०) नेपालको लोकसंगीतको क्षेत्रमा अन्य कुनै कार्य गर्ने योजना छ कि?
छ। मेरो अहिलेको प्रगतिशील र क्रान्तिकारी गीतको अनुसन्धानमा केहि प्रकारका लोक गीत-संगीत पनि समेतिएको छ। अर्को कुरा, म सुबि शाहको लोक गीत-संगीतको लेखहरू अंग्रेजीमा अनुवाद गर्दैछु। मिल्छ भने वहाँको गाउँमा गएर वहाँले ४०-५० बर्ष अगाडि संकलन गर्नु भएको गीत, संगीत, र नृत्यको अहिलेको अवस्था पनि हेर्ने र गीत रेकर्ड गर्ने बिचार छ। र, सुदुर पश्चिमको गीतमा पनि अनुसन्धान गर्न मन लाग्छ।
११) आजकल के गर्दै हुनुहुन्छ?
अहिले म प्रगतिशिल र क्रान्तिकारी गीत, संगीत, र नृत्यको इतिहासको अनुसन्धान गर्दैछु।
१२) नेपाली लोक संगीतका स्रष्टा अध्येता लगायातका समग्र समुदायलाई यस सम्बन्धमा कुनै सझाव छ कि?
लोक संगीतलाई जिवित राख्न पुराना चिज पनि संरक्षण गर्नु पर्छ र नयाँ चिज बिकास हुन पनि दिनु पर्छ। त्यसैले, म लोक संगीतलाई सांघुरो परिभाषा दिने पक्षमा छैन। यसैगरि मलाई मिडिया र व्यावसायिकरणको बारेमा पनि केहि भन्न चहान्छु। लोक संगीत व्यावसायिक पनि हुन सक्छ।मान्छेले मिडिया प्रयोग गर्ने तारिकालाई हेर्दा हामीले के थहा पाउँछौ भने, व्यावसायिक लोक गीत तुरुन्तै फेरि गाउँमा गाइन्छ, र त्यो गीत तेहि गाउँमा गाउने तारिकामा तुरुन्तै परिमार्जित हुदै जान्छ। यसले जनाउछ कि नेपालमा सांगीतिक ‘लोक प्रक्रिया’ जिवित छ र चलिरहेको छ। अझै ओझेलमा परेका गीत संगीतलाई यस्तै प्रक्रिया बाट अगाडि ल्याउन सम्भव छ जस्तो लाग्छ।