Lalprasad Sharma, Kantipur

नेपाली लोकगीतमा विद्यावारिधि अनुसन्धानरत तुलसी प्रवासले आनाको जीवनी र व्यक्तित्वबारे जानकारी गराउँदै नेपाली दोहोरी गीतको अथक साधक रहेको बताए । नाम र नागरिकताले आना अमेरिकी भए पनि प्राज्ञिक कर्मक्षेत्र र रुचिका दृष्टिले पूरै नेपाली बनिसकेको उनको दाबी थियो । ‘नेपाली लोकदोहोरी गीत, त्यसको अध्ययन अनुसन्धान तथा नेपाली लोकसंस्कृति र लोक वाङ्मयको उन्नयनमा उनी समर्पित छन्,’ उनले भने । (कान्तिपुर, फाल्गुन १३, २०७२)